Posts

Showing posts from April, 2018

सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले प्रतिपक्षको भुमिका शसक्त पार्न जिल्लाका ६ वटै पालिकामा छांया सरकारको गठन गरेको छ ।

गोपाल प्रसाद भट्टराई सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले प्रतिपक्षको भुमिका शसक्त पार्न जिल्लाका ६ वटै पालिकामा छांया सरकारको गठन गरेको छ ।  कागज र कानुनमा ब्यबस्था परिवर्तन भएपनि मुलुकमा झुट र लुटको खेती मौलाउंदै गएको भन्दै त्यसलाई रोक्न आफुहरुले छांया सरकार गठन गरेर अगाडि बढ्न थालेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ ।  आसन्न जेठ १२ र १३ गते सन्धिखर्कमा चौथो जिल्ला सम्मेलन गर्न लागेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज सन्धिखर्कमा सम्पन्न गरेको सम्मेलन तयारी भेलाले ६ वटै पालिकामा छांया सरकारको घोषणा गरेको हो । जस अन्तरगत सन्धिखर्कमा कल्पना पोख्रेल,भुमिकास्थानमा कविराम खनाल,सितगंगामा गोविन्द थापा,मालारानीमा नरेन्द्र बहादुर थापा,पाणिनीमा देवी प्रसाद भुसाल र छत्रदेवमा हरि न्यौपानेले छांया सरकारको नेतृत्व गरि स्थानिय तहबाट हुने बिकृति बिसंगतिको बिरुद्ध खबरदारी गर्ने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।  राजमो जिल्ला अध्यक्ष झविलाल थापाको अध्यक्षता,उपाध्यक्ष पशुपती ढकालको स्वागत मन्तव्य र सचिव गोपाल पौडेलको संचालनमा सम्पन्न भेलामा राजमो...

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको साँघुरो १२३ मिटर क्षेत्रमा रड एङ्करिङ गरेर सडक फराकिलो बनाउन थालिएकोे छ । मुग्लिन नजिकको सो क्षेत्रमा यसअघि भित्तो काट्ने वा क्यान्टिलिभर राख्ने भन्ने विषयमा लामो समय बहस भएको थियो । काम सम्पन्न गर्नुपर्ने समय नजिँकिदै गर्दा ठेकेदार कम्पनी रड एङ्करिङ गर्ने कुरामा सहमत भएपछि काम शुरु भएको हो ।

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको साँघुरो १२३ मिटर क्षेत्रमा रड एङ्करिङ गरेर सडक फराकिलो बनाउन थालिएकोे छ ।  मुग्लिन नजिकको सो क्षेत्रमा यसअघि भित्तो काट्ने वा क्यान्टिलिभर राख्ने भन्ने विषयमा लामो समय बहस भएको थियो । काम सम्पन्न गर्नुपर्ने समय नजिँकिदै गर्दा ठेकेदार कम्पनी रड एङ्करिङ गर्ने कुरामा सहमत भएपछि काम शुरु भएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट १.५ किलोमिटर नारायणगढतर्फ २ नम्बर र ३ नम्बर पुलको बीचमा नौ ठाउँमा गरी १२३ मिटर सडक साँघुरो रहेको छ । ती ठाउँमा सातदेखि आठ मिटरमात्रै सडक चौडा छ । साँघुरो सडक भएको ठाउँमा सेफ्टी बेल्ट बाँधेर सडकमुनि भिरको चट्टानमा ड्रिल गरेर रड घुसाउन थालिएकोे छ । २५ एमएम र ३२ एमएम मोटाइका रड ड्रिल गरेर एकदेखि दुई मिटर भित्र छिराएपछि सोही रडमा थप रड बाँधेर वाल उठाइँदैछ । यसरी उठाउँदा एकदेखि १.५ मिटरसम्म सडक फराकिलो बनाउन सकिने उनले बताए । फराकिलोको आधारमा पाँचदेखि आठ मिटर तलबाट वाल उठाइँदैछ । तीन सय मिटर लामो सडकका ठाउँठाउँमा गरी १२३ मिटर सडक साँघुरोे छ । बीस मिटर सडकमा ड्रिल गर्ने काम सम्पन्न भइसके...