Posts

Showing posts from February, 2018

दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागीमा परी ४१ जनाको मृत्यु (२०७४ माघ १२, शुक्रवार)

Image
दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागीमा परी ४१ जनाको मृत्यु (२०७४ माघ १२, शुक्रवार) दक्षिण कोरियाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । दक्षिण कोरियाको सुदूर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी यहाँ गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी हो । आगलागीमा परी अरु कम्तीमा पनि ८० जना नराम्ररी घाइते भएका जनाइएको छ । तीमध्ये कतिपयको अवस्था गम्भीर रहेको छ । दक्षिण कोरियामा आगामी महिना हुन लागेको शीतकालीन ओलम्पिकमा सहभागिताका लागि हजारौं खेलाडी तथा खेल अधिकारीहरु जम्मा हुन लागेका छन् । यस्तो समयमा दक्षिण कोरियाको राजधानी सोलमा ठूलो संख्याका विदेशीहरु जम्मा हुन लागेको अवस्थामा दक्षिणी क्षेत्रको एक अस्पतालमा भने व्यापक आगलागी भएको छ । सामाजिक सञ्जालमा राखिएका श्रव्य–दृश्यहरुमा उक्त अस्पतालमा रहेका बिरामीहरुलाई अस्पतालको छत तथा कौसीमा जम्मा गरेर हेलिकोप्टरको माध्यमबाट उद्धार गरिएको देखिन्छ । ६ तल्ले सो भवनमा सरकारी अस्पताल रहेको छ । मृत्यु हुनेमा बिरामी र उनका कुरुवाहरु पनि परेका जनाइएको छ । ...

नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर

Image
नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर (२०७४ माघ १६, मंगलवार) भारतको राजधानी नयाँदिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ । सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि देखाएको राजधानी नयाँदिल्लीमा मंगलबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्व वातावरणसम्बन्धी संस्था ‘ग्रीन पिस’को भारत शाखाले मंगलबार सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनमा सो तथ्य सार्वजनिक गरिएको बताइएको छ । भारतका मुख्य ३० ओटा सहर प्रदूषित रहेका र तीमध्ये सबैभन्दा बढी प्रदूषण नयाँदिल्ली सहरमा पाइएको हो । लखनउ, नोएडा, गाजियाबाद, वनारस, अलाहबाद, कानुपुर र आग्रा पनि प्रदूषित सहरमा परेका सो अध्ययनले देखाएको जनाइएको छ । दिल्ली र उत्तर प्रदेशका अतिरिक्त राजस्थान, महाराष्ट्र र विहार राज्यमा पनि प्रदूषणको मात्रा अधिक भेटिएको छ । यो अध्ययन वायु प्रदूषणको मात्रामा आधारित रहेको छ । ती राज्य र सहरहरुमा बढ्दो वायु प्रदूषणका कारण विशेषगरी बालबालिका बढी मात्रामा प्रभावित भएको पाइएको जनाइएको छ । ती राज्यमा पाँच वर्षमुनिका करिब १ करोड २...

माल्दिभ्समा संकटकालिन अवस्था घोषणा (२०७४ माघ २३, मंगलवार)

Image
माल्दिभ्समा संकटकालिन अवस्था घोषणा (२०७४ माघ २३, मंगलवार) दक्षिण एसियाली मुलुक माल्दिभ्समा राजनीतिक संकट चुलिएको छ । त्यहाँको सर्वोच्च अदालतले राजनीतिक बन्दी रिहा गर्न आदेश दिए पनि सरकारले अदालतको आदेश अस्वीकार गर्दै दुई साताका लागि संकटकालिन अवस्था घोषणा गरेपछि राजनीतिक संकट बढेको हो । माल्दिभ्समा बढेको राजनीतिक संकटमा आन्तरिक राजनीतिक द्वन्द्व मुख्य कारणका रुपमा देखिए पनि भित्री रुपमा भारत र चीनबीचको कुटनीतिक द्वन्द्वको ठूलो भूमिका देखिन्छ । दुई महिना अघि माल्दिभ्सले चीनसँग मुक्त व्यापार सम्झौतामा हस्ताक्षर गरेको थियो । यस्तो सम्झौताका लागि भारतले यसअघि नै पहल गरे पनि माल्दिभ्सले चीनसँग अचानक सम्झौता गरेपछि भारत चिढिएको थियो । माल्दिभ्समा भारतले ठूलो लगानी गर्दै आएको छ । तर पछिल्लो समय माल्दिभ्स सरकारले भारतको तुलनामा चीनलाई बढी महत्व दिएको छ । यहाँसम्म कि, केही साताअघि माल्दिभ्सको सरकार समर्थित एक अखबारले भारत माल्दिभ्सको सबैभन्दा ठूलो शत्रु रहेको टिप्पणी गरेको थियो । भारतले आशंकाको नजरले हेर्दै आएको चीनको ‘वान बेल्ट वान रोड’ परियोजनालाई समेत माल्दिभ्सले समर्थन गरेको छ ...

How To convert Korean To Nepali language episode 22 | video Nepali ma |

Image

सन्धिखर्क, अर्घाखाँची । सूचनाको हक सम्बन्धी अभियान अन्र्तगत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा जनचेतना मूलक कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।

Image
सन्धिखर्क, अर्घाखाँची ।  सूचनाको हक सम्बन्धी अभियान अन्र्तगत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा जनचेतना मूलक कार्यक्रम सन्धिखर्कमा  सम्पन्न भएको छ ।  पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखा, सुशासन प्रवद्धनका लागि नागरीक सञ्जाल अर्घाखाँची, नेपाल मिडिया नेटवर्कको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।  गैरसरकारी संस्था महासंघ अर्घाखाँची, सूचना तथा सुशासन अभियान सिआजी, पत्रकार महासंघ अर्घाखाँचीको सहकार्य तथा समन्वयमा भएको कार्यक्रममा सूचनाको हक सम्बन्धी ऐन, सूचना माग गर्ने तरिका साथै राष्ट्रिय सूचना आयागले खेल्ने भूमिकाको बारेमा तयार पारिएको ब्रोसर तथा पर्चा पम्प्लेट बिरण गरिएको थियो ।  कार्यक्रममा सहभागीलाई सूचनाको हक सम्बन्धी जानकारी मूलक पुस्तकहरु बितरण गरिएको एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखाका अध्यक्ष हृदयकुमार भुसालले जानकारी दिनुभयो । साथै उहाँका अनुसार सूचनाको हक सम्बन्धी ऐनको व्यवहारिक कार्यान्वयनमा लाग्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गराइएको थियो ।  ...

अर्घाखाँची जिल्लामा पहिलो पटक बुहारीले ससुरा बुबालाई दागबत्ती दिएकी छन् ।

Image
अर्घाखाँची जिल्लामा पहिलो पटक बुहारीले ससुरा बुबालाई दागबत्ती दिएकी छन् । अर्घाखाँची जिल्लामा पहिलो पटक बुहारीले ससुरा बुबालाई दागबत्ती दिएकी छन् । पुरुषले मात्रै दागबत्ती दिनुपर्छ भन्ने सामाजिक मान्यतालाई तोड्दै सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ दिलापाता अर्घाकी कमला थापाले ससुरा बाबु थम्मन बहादुर  थापाको दागबत्ती दिएकी हुन् । मृतक थम्मन बहादुर  थापाका एक छोरा भेषराज थापा वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेको र श्रीमान आउन ढिला हुने भन्दै कमलाले  मंगलबार ससुरा बाबुको दागबत्ती दिएको स्थानियले अर्घाखाँचीडट्कमलाई बताए ।  अर्घाखाँचीमा बुहारी -महिलाले दागबत्ती दिएको यो पहिलो घटना हो । ६५ वर्षीय थम्मन बहादुर थापाको बाटो हिडदै गर्दा आकस्मित चक्कर आएर लड्दा मृत्यु भएको थियो ।  अन्तिम दाह्सस्कारमा एक छोरी सङ्गीता थापा पनि थिईन् । उता थम्मन बहादुर थापाकी ६० वर्षिया श्रीमती पनि रहेकी छन् । छोरा भेषराज थापा आज युएईबाट घर फर्किदै छन् ।  मृतक बागी खोलामा अन्तिम दाह्सस्कार गरिएको थियो ।  अन्तिम दाह्सस्कारमा ५० जना मलामी थिए ।...

भारतको बैंगलोरमा अर्घाखाँची जिल्लाका एक युवाको घरको छतबाट खसेर निधन भएको छ ।

Image
 भारतको बैंगलोरमा अर्घाखाँची जिल्लाका एक युवाको घरको छतबाट खसेर निधन भएको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वार्ड नं ११ जोगीमारे काक्रेका चौरका यम बहादुर खत्रीका २२ वर्षका छोरा सागर खत्रीको घरको छतबाट खसेर घाईते भई अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।  रोजगारीको सिलसिलामा भारतको बेंगलुरुमा रहेका बाबु यमबहादुर खत्रीसँगै सागर पनि बस्दै आएका थिए । घटनापछि नेपाली संघ-संस्था लगायत अर्घाखाँचीबासी अस्पतालमा पुगेका थिए । 

अर्घाखाँची महोत्सवको दिन प्रतिदिन रौनक बढेको छ । दर्शकहरुको संख्या तेब्बर वृद्धि भएको छ ।

Image
 माघ १० गते देखि निरन्तर रुपमा अगाडि बढेको अर्घाखाँची महोत्सवको दिन प्रतिदिन रौनक बढेको छ । दर्शकहरुको संख्या तेब्बर वृद्धि भएको छ । उता अबलोकनको लागि आज मेलामा उपस्थित भएका दर्शकलाई जिल्लाका लोक गायक कमल सौराग, रामजी खाड, रुपक डोटेल, गायक रमेश लगायतका कलाकारले सांगेतिक प्रस्तुती दिएका थिए । उनिहरुको प्रस्तुतीलाई दर्शकले मन पराएका थिए ।   यस्तै हिजो लोकदोहोरी गायिका सुनिता परियारले दर्शक सामु आफ्ना सांगीतिक प्रस्तुती दिएकी थिईन् । यस्तै जिल्लाका लोकदोहरी गायक बसन्त लम्सालले हाम्रो प्यारो अर्घखाँची भाग १ एक र हाम्रो प्यारो अर्घखाँची भाग २ दुइ गित गायर दर्शक हरुलाई छम छामी नचाएका थिए भने कार्यक्रम संचालिका शोभा तिरपाठीले पनि दर्शकहरुलाई भरपुर् मनोरंजन दिएकी थिइन् ।   उता उद्योग बाणिज्य संघ अर्घाखाँचीका अनुसार आईतबार पनि करिव १० हजार भन्दा दर्शकहरुले अबलोकन गरेका थिए । यस्तै दैनिक १ देखि २ करोड बराबरको कारोबार भएको बताइएको छ ।  यस्तै मेलामा जिल्लामा सन्चालित केही साना तथा मझौला उधोगहरुले आफ्ना उत्पादित बस्तु तथा सेवाहरुलाई सस...

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको जुकेना स्थित शिवादह दाङसिङ माध्यमिक विद्यालयलाई ८ थान कम्प्युटर, १ थान प्रीन्टर र १ थान प्रोजेक्टर प्रदान गरिएको छ ।

Image
 शिवादह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको जुकेना स्थित  शिवादह दाङसिङ माध्यमिक विद्यालयलाई ८ थान कम्प्युटर, १ थान प्रीन्टर र १ थान प्रोजेक्टर प्रदान गरिएको छ ।  सितगंगा सेवा समाज तथा शिवादह मावी जुकेना जलुकेमा अध्यनरत पुर्व बिद्यार्थीहरुको सक्रियतामा सिबादह माबी दाङसिङ सिबादहमा   बिधालयको लागि कम्प्युटर ,प्रोजेक्टर लगायतकका शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको हो।  शितगङ्गा नगरपालिकामा रहेका सबै माविलाई कम्प्युटर शिक्षामा सक्षम बनाउने समाजको अभियानअन्तर्गत आज शिवादह माविलाई यी सामग्री हस्तान्तरण गरेको हो । प्रदेश सभा सदस्य तथा एमालेका नेता रामजीप्रसाद घिमिरेको प्रमुख आतिथ्यता, शितगङ्गा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारी, सेवा समाजका संरक्षक भिम खनाल र विभिन्न पार्टी प्रतिनिधिहरूको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष कमल घिमिरेको अध्यक्षता र सुन्दर आचार्यको सन्चालन गरेका थिए । कार्यक्रममा कमल सौराग, मधुसुदन बन्जाडे, सम्झना लामिछाने मगर, गोविन्द रसाइली, मैना रेश्मी मगर, ईन...

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्यप्रसाद अधिकारीले नगरमा भएका हरेक कार्यहरूकाे सूचना माग्न अाग्रह गर्नुभएकाे छ ।

Image
सुर्य प्रसाद भुसाल  सुवर्णखाल, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्यप्रसाद अधिकारीले नगरमा भएका हरेक कार्यहरूकाे सूचना माग्न अाग्रह गर्नुभएकाे छ ।  सूचना तथा सुसाशन अभियान सिअाईजी अर्घाखाँचीकाे अायाेजना तथा शितगंगा नगरपालिकाकाे सहकार्यमा सुवर्णखालमा भएकाे सूचनाकाे हक सम्बन्धि अभिमुखिकरण कार्यक्रममा नगरप्रमुख अधिकारीले प्रत्येक वडा टाेल टाेलमा हुने हरेक कार्यकाे जानकार जनताले राख्नुपर्ने बताउँनुभयाे । उहाँले वडा कार्यालय, शिक्षा, स्वास्थ्य तथा सवै वडामा हुने कामकाे जानकारी लिई नगरलाई भष्ट्रचार मुक्त बनाउन लागेकाे बताउनुभयाे ।   नगर तथा वडाले गर्ने कामहरू पारदर्शी बनाउँन अाजैबाट लाग्न सवैलाई अाग्रह गर्नुभयाे । सिअाईजी अर्घाखाँचीका अध्यक्ष मुक्तिनाथ भुसालले गर्नुभएकाे अभिमुखिकरणमा कुनै सार्वजनिक निकायले सूचना नदिएमा सिअाईजीलाई जानकारी गराएर सिअाईजीले सूचना उपलब्ध गराईदिने बताउँनुभयाे ।   कार्यक्रममा स्थानिय हेमन्त बेल्वासे,  तिलकराम बेल्वासे, शन्तबहादुर सारू, घनश्याम बेल्वासे, कर्णबहादुर भट्टराई, पत्रकार ...