अर्घाखाँची महोत्सवको दिन प्रतिदिन रौनक बढेको छ । दर्शकहरुको संख्या तेब्बर वृद्धि भएको छ ।

 माघ १० गते देखि निरन्तर रुपमा अगाडि बढेको
अर्घाखाँची महोत्सवको दिन प्रतिदिन रौनक बढेको छ । दर्शकहरुको संख्या तेब्बर वृद्धि भएको छ ।


उता अबलोकनको लागि आज मेलामा उपस्थित भएका दर्शकलाई जिल्लाका लोक गायक कमल सौराग, रामजी खाड, रुपक डोटेल, गायक रमेश लगायतका कलाकारले सांगेतिक प्रस्तुती दिएका थिए । उनिहरुको प्रस्तुतीलाई दर्शकले मन पराएका थिए ।  


यस्तै हिजो लोकदोहोरी गायिका सुनिता परियारले दर्शक सामु आफ्ना सांगीतिक प्रस्तुती दिएकी थिईन् । यस्तै जिल्लाका लोकदोहरी गायक बसन्त लम्सालले हाम्रो प्यारो अर्घखाँची भाग १ एक र हाम्रो प्यारो अर्घखाँची भाग २ दुइ गित गायर दर्शक हरुलाई छम छामी नचाएका थिए भने कार्यक्रम संचालिका शोभा तिरपाठीले पनि दर्शकहरुलाई भरपुर् मनोरंजन दिएकी थिइन् ।  


उता उद्योग बाणिज्य संघ अर्घाखाँचीका अनुसार आईतबार पनि करिव १० हजार भन्दा दर्शकहरुले अबलोकन गरेका थिए । यस्तै दैनिक १ देखि २ करोड बराबरको कारोबार भएको बताइएको छ । 


यस्तै मेलामा जिल्लामा सन्चालित केही साना तथा मझौला उधोगहरुले आफ्ना उत्पादित बस्तु तथा सेवाहरुलाई सस्तो र सुलभ दरमा बिक्री बितरण गरिरहेका छन । त्यसैगरी ॐ हस्पिटलले मेलामा आउने ब्यक्तीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर आफ्नो निशुल्क स्वास्थ्य सिबिर राखेको छ । जसमा बि पी जाच्ने देखी निशुल्क रगत ब्लड ग्रुप छुटाउने र स्वास्थ्य समन्धित निशुल्क स्वास्थ्य परामर्श सेवा दिएको छ।   

Comments

Popular posts from this blog

ताराखसे, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोट ताराखसे स्थित श्री ताराखसे कालिका भगवति मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ

welcome mero nepal mero kala TGS

नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर