अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको जुकेना स्थित शिवादह दाङसिङ माध्यमिक विद्यालयलाई ८ थान कम्प्युटर, १ थान प्रीन्टर र १ थान प्रोजेक्टर प्रदान गरिएको छ ।

 शिवादह, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको जुकेना स्थित  शिवादह दाङसिङ माध्यमिक विद्यालयलाई ८ थान कम्प्युटर, १ थान प्रीन्टर र १ थान प्रोजेक्टर प्रदान गरिएको छ । 


सितगंगा सेवा समाज तथा शिवादह मावी जुकेना जलुकेमा अध्यनरत पुर्व बिद्यार्थीहरुको सक्रियतामा सिबादह माबी दाङसिङ सिबादहमा   बिधालयको लागि कम्प्युटर ,प्रोजेक्टर लगायतकका शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको हो। 


शितगङ्गा नगरपालिकामा रहेका सबै माविलाई कम्प्युटर शिक्षामा सक्षम बनाउने समाजको अभियानअन्तर्गत आज शिवादह माविलाई यी सामग्री हस्तान्तरण गरेको हो । प्रदेश सभा सदस्य तथा एमालेका नेता रामजीप्रसाद घिमिरेको प्रमुख आतिथ्यता, शितगङ्गा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारी, सेवा समाजका संरक्षक भिम खनाल र विभिन्न पार्टी प्रतिनिधिहरूको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष कमल घिमिरेको अध्यक्षता र सुन्दर आचार्यको सन्चालन गरेका थिए ।


कार्यक्रममा कमल सौराग, मधुसुदन बन्जाडे, सम्झना लामिछाने मगर, गोविन्द रसाइली, मैना रेश्मी मगर, ईन्दीरा गैरे, दिपक भण्डारी, घनश्याम खनाल, सुशील आचार्य, लगायत जिल्लाका कलाकारले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।


उक्त अभियान सफल बबाउन यश संस्थाका वरिष्ठ उपाध्यक्ष मिन राज पोख्रेल , खेलकुद संयोजक कुलराज खनाल ,सचिव सुन्दर आचार्य लगायतको संयोजक टिम सफल भएको छ । 


शिवादह माबी अध्यनरत भुपु बिद्यार्थीको आर्थिक संकलनबाट उक्त कार्यक्रम सम्पन्न भएको हो।  


रास्टिय तथा जिल्ला स्थित स्थानीय कलाकारहरुमा सम्झना लामिछाने मगर कमल सौराग, मधुसुदन बन्जाडे, , गोविन्द रसाइली, मैना रेश्मी मगर, ईन्दीरा गैरे, दिपक भण्डारी, घनश्याम खनाल, सुशील आचार्य, लगायतले कार्यक्रम लाई थप सांगीतिक अनि रोचक बनाउनु भएको थियो।


उपस्थित सम्पुर्ण जनसमुदाय ,सहयोगि दाता, विशिष्ट ब्याक्ती हरु हाम्रो यश अभियानलाई सफल बनाउन सहयोग गर्ने हाम्रा सहयोग दाता ज्यु हरु सोही स्कुलका शिक्षक विद्यार्थी हरु साथै कार्यक्रममा उपस्तिथ सम्पुर्ण नगर बासिमा सितागङ्गा सेवा समाज परिवारका पदाधिकारी ज्यु हरु संरक्षक भिम खनाल , अध्यक्ष कमल घिमिरे,महासचिव घनस्याम खनाल सचीव तथा स्कुल सम्योजक सुन्दर आचार्य ,संगठन प्रमुख बिस्नु क्षेत्री ,मलेशिया सम्योजक जनक केसि ,कोरिया सम्योजक गोबिन्द खनाल उक्त कार्यक्रम उपस्थित जनाइ धन्यवाद ज्ञापन गर्नुभएको थियो। 

Comments

Popular posts from this blog

ताराखसे, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोट ताराखसे स्थित श्री ताराखसे कालिका भगवति मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ

welcome mero nepal mero kala TGS

नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर