Posts

Showing posts from March, 2018

मालारानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा रहेका ६० सामुदायिक बिद्यालयहरुले आगामी शैक्षिक सत्र बाट अङ्ग्रेजी माध्यममा पठन पाठन शुरु गर्ने भएका हुन ।

Image
मालारानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा रहेका ६० सामुदायिक बिद्यालयहरुले आगामी शैक्षिक सत्र बाट अङ्ग्रेजी माध्यममा पठन पाठन शुरु गर्ने भएका हुन ।  बालबिकाश र कक्षा १ बाट अग्रेजी माध्यममा पठ्न पाठन सुरु गर्न लागीएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । आज मालारानी गाउँपालिका वडा ९ का सामुदायिक बिद्यालयहरुको शैक्षिक अबस्था सम्स्या र समाधान बीषयक अन्तरक्रिया कार्यक्रम बोल्दै आचार्यले भने मालारानी गाउँपालिका भित्र ६० वटा बिधालयमा अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गर्ने बताए ।  अङ्ग्रेजी माध्यममा पठन पाठन नहुदा गाउँका बस्ती खाली हुँदै जाने र शिक्षा क्षेत्रमा धेरै लगानी लाग्ने हुदाँ यस कार्यक्रमको सुरुवात गर्न लागियको बताउनु भयो । मालारानी ९ भित्र रहेका आठ बिदयालयका प्र .अ हरुले बिदयालयमा दरबन्दी नहुदा शिक्षामा गुणस्तर कायम गर्न नसकियकोले पालिकाले दरबन्दि कायम गरेमा मात्र अङ्ग्रेजी माध्यममा पठन पाठन गर्न सकिने बताएका थिए ।  अन्तरकृया कार्यक्रमले समस्या समधान गर्न सहयोग पुराउने बिश्वास लिएको सुर्य मा बि का बिदयालय ब्यबस्थापन सम...

भगवती, अर्घाखाँची । एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा छत्रदेव गाउँपालिका ७ भगवतीमा स्थानीय सभा सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत भगवतिमा भएको कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि तथा बिपद व्यवस्थापन सम्बन्धी सवालहरुमा छलफल गर्दै स्थानीय सभा सम्पन्न भएको हो ।

Image
भगवती, अर्घाखाँची ।  एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा छत्रदेव गाउँपालिका ७ भगवतीमा स्थानीय सभा सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत भगवतिमा भएको कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि तथा बिपद व्यवस्थापन सम्बन्धी सवालहरुमा छलफल गर्दै स्थानीय सभा सम्पन्न भएको हो ।  कार्यक्रममा स्थानीय सभाका संयोजक तथा वडा अध्यक्ष शोभाखर पाण्डेले पारस्परिक जवाफदेहिता परियोजना सुशासन अभिबृद्धि गर्न सघाउ पु-याउने माध्यम बनेको बताउनुभयो । पाण्डेले परियोजना सञ्चालनमा आएपछि शिक्षा, स्वास्थ्य र कृषिका सानो सानो कार्यमा आएको सुधारले सेवाग्राही लाभ लिएको बताउनुभयो । उहाँले कुनै पनि सार्वजनिक निकायमा गुनासो पेटिका, गुनासो सुनुवाई सम्यन्त्रको व्यवस्था हुँदा पनि सुशासन अभिबृद्धिमा सघाउ पु-याउनुभयो । स्थानीय सभाले वडा तहका समस्या तथा सवालहरुमा छलफल गरी वडा तहमै समाधान गर्न र वडातहमा समाधान नहुने समस्या तथा सवाललाई जिल्ला तहमा पु-याउन सघाउ पुगेको पनि बताउनुभयो ।  सरस्वति माबिका प्राचार्य ठाकुर प्रसाद पाण्डेले परियोजनाले वडामा सुशासन साथै शिक्षा स्वास्थ्य र...

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. १ को वडा कार्यालयको एक समारोहका बिच सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले रिवन काटी उदघाटन गर्नु भएको छ।

Image
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. १ को वडा कार्यालयको एक समारोहका बिच सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले रिवन काटी उदघाटन गर्नु भएको छ। पंण्डित जिबलाल चुँदाली द्वारा वैदिक रुपमा पुजाआजा गरि सकेपछि नगर प्रमुखले उदघाटन गर्नु भएको हो। यस भन्दा पहिला रेडक्रसको भबन बाट सेवा दिदै आइरहेकोमा अब आफ्नै भबन र छुट्टै ठाउँ बाट सेवाग्राहीलाई सेवा दिँदा सजिलो र अलमलमा पर्नु नपर्ने वडा अध्यक्ष युबराज बन्जाडेले बताउनु भयो । शान्तिबगैंचा उमेश छापाखानासंगै रहेको उक्त भबन साबिक वागंला गाबिसको रहेकोमा अब वडा नं. १ को रूपमा रहेको र आजदेखी सो भबनमा रहेको कार्यालयबाट सेवा दिईने बताइएको छ।    

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर १ मा जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

Image
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर १ मा जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ ।  धनी प्रमाण पुर्जा वितरण कार्यक्रमको प्रमुख अतिथी पुर्ब उपप्रधानमन्त्री त्स्था प्रतिनिधि सभा सदस्य माननीय टोपबहादुर रायमाझीले एक समारोह बिच उदघाटन गरेका थिए । माओबादी जनयुद्धका समयमा नष्ट भएका झन्डै १५ सय जग्गा धनी पुर्जाहरुलाई विशेष नापी कार्यालय अर्घाखाँचीले जग्गा धनी प्रमाण वितरण गरिएको हो । बाजागाज सहित बजार परिक्रमा गरिएको थियो ।   जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रम समारोहमा रास्टिय सभा सदस्य चन्द्रबहादुर खडका,उज्ज्वल, प्रदेश सभा सदस्यद्वय चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर बिक लगायतको उपस्थिती रहेको थियो । 

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१३ धरमपानीमा अर्घा भगवती विमानस्थल अर्घाखाँचीकाे औपचारिक रुपमा निर्माण कार्य शुरु भएको छ ।

Image
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१३ धरमपानीमा अर्घा भगवती विमानस्थल अर्घाखाँचीकाे औपचारिक रुपमा निर्माण कार्य शुरु भएको छ । अर्घा भगवती विमानस्थल अर्घाखाँचीकाे निर्माणस्थलकाे रुख कटान कार्यकाे सुरुवात भएको हो । निर्माणस्थलकाे  पुर्व उप प्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टाेप बहादुर रायमाझी र प्रदेश ५ अर्घाखाँची क्षेत्र नम्बर १ का प्रदेश सभा सदस्य चेतनारायण आचार्य रुख काटी उद्घाटन गरेका थिए । सन्धिखर्क नगरपालिका–१३ धरमपानीको शिखरबार्नीमा निर्माण हुने भनिएको  विमानस्थलको  गत वर्ष २०७३ असार १३ गते तत्कालीन उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले शिलान्यास गरेका थिए । विमानस्थल बन्छ र छिटो छरितो यात्रा गर्न पाइएला भनेर आश गरेर बसेका अर्घाखाँचीबासीहरु अब विमानस्थल नबन्ने संखा गरिरहेका बेला निर्माण कार्य शुरु भएको छ । कुल लागत करिब रु ८० करोडको सो बहुवर्षीय आयोजना चार वर्षभित्र बन्ने बताइएको छ । अर्घाभगवती विमानस्थल निर्माणका लागि निर्माणस्थलमा रहेका रुख हटाउन सम्झौता भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण, एरोड...

कलाकार समाज काठमाडौंको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

Image
 कलाकार समाज काठमाडौंको प्रथम  साधारण सभा सम्पन्न भएको छ ।  काठमाडौंको दरवार रोधी घरमा सम्पन्न भएको सभालाई प्रमुख अथिति माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले गरेकी थिईन् । कार्यक्रममा विशिस्ट  अथितिहरु राष्ट्रीय लोकदोरी प्रतिष्ठाका अध्यक्ष लोक गायक बर्दि पंगेनी,  नायक तथा चलचित्र कलाकार संघका अध्यक्ष  नबल खडका,  राष्ट्रिय लोकदोरी गित प्रतिष्ठानका निबर्तवान अध्यक्ष चन्द्र शर्मा,  लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष  पिन सापकोटा लगायतको उपस्थिती रहेको थियो ।  सभाको  उद्घाटन पम्फा भुसालले पानसमा बत्ति बालेर गर्नु भएको थियो । कार्यक्रमा आफ्नो भनाई  राख्दै पंगेनीले अर्घाखाँची जिल्लामा आफ्नो जिल्लाका कलाकारलाई त्यती स्थान नदिएको अर्घाखाँचीका कार्यक्रममा जाँदा आफुले महसूस गरेको बताए । कार्यक्रममा लोकसगिति क्षेत्रमाबाट  लोकसागेतिक क्षेत्रमा योगदान पुराएको भन्दै तिन जना कलाकार बसन्त श्रेष्ठ, बैघुण महत, कमल सौराकलाई खादा र सम्मान पत्रले सम्मान गरिएको थियो। कार्यक्रम समापन मत्यब्य ...

प्रेम खड्का गोरसिङे अर्घाखाँची जिल्ला प्रवेश गर्ने द्दार गोरुसिङेमा निर्माण गरिने सुपा देउराली प्रवेश द्वारको शिल्यानास भएको छ ।

Image
प्रेम खड्का   अर्घाखाँची जिल्ला प्रवेश गर्ने द्दार गोरुसिङेमा निर्माण गरिने सुपा देउराली प्रवेश द्वारको शिल्यानास भएको छ ।  प्रवेश द्वारको अाज एक समारोहबीच पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सदस्य टोपबहादुर रायमाझीले शिल्यानास गर्नु भएको थियो । गोरुसिङगेमा भएको कार्यक्रममा सांसद चेतनारायण अाचार्य, रामजी घिमिरे लगायत अर्घाखाँची र कपिलवस्तुका सांसदहरु, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, शितगंगाका प्रमुख सुर्य प्रसाद अधिकारी, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, वार्ड अध्यक्ष युवराज बन्जाडे वरिष्ठ निर्माण ब्यबसायी नारायण प्रसाद बन्जाडे, नेपाली काङ्ग्रेसका नेता कृष्ण खनाल लगायतका अतिथिहरुको कार्यक्रममा सहभागी रहेको थियो ।  कार्यक्रम युवराज थापाको अध्यक्षतामा सम्पन्न भएको हो । गेट निर्माणका लागि मितज्यु सामाजिक बिकास केन्द्र नामक संस्थाले लगानी गर्ने भएको हो ।