अर्घाखाँची जिल्लाभर एसईई परीक्षा आज देखि शान्तिपूर्ण रुपमा संचालन भएको छ
अर्घाखाँची जिल्लाभर एसईई परीक्षा आज देखि शान्तिपूर्ण रुपमा संचालन भएको छ ।
अर्घाखाँचीमा यसवर्ष एसईई परीक्षामा ८९ जना परीक्षार्थी परीक्षा दिनबाट बञ्चीत भएका छन् ।
एसईई परिक्षा दिनका लागि आवेदन भरेका ३ हजार ६ सय ०७ विद्यार्थीमध्ये ७५ प्रतिशत हाजिर नभएका ८९ जना परिक्षा दिनबाट वञ्चित भएको जिल्ला शिक्षा अधिकारी लिलाबहादुर राउतले बताउनुभयो । जसमा छात्र ४४ र छात्रा ४५ रहेका छन् ।
जिल्लामा नियमिततर्फ ३ हजार ५ सय १८ र एक्जाम्टेड ग्रेड वृद्धितर्फ १ सय ७७ जना गरी कुल ३ हजार ६ सय ९५ जना रहेका छन् ।
नियमिततर्फ १ हजार ५ सय ८५ छात्र र १ हजार ९ सय ३३ छात्रा रहेका छन । नियमितमा छात्र भन्दा ३ सय ४५ जना छात्रा बढी रहेका छन् । एक्जाम्टेडतर्फ पुरुष ५२ र छात्रा १ सय २५ रहेका छन्, एक्जाम्टेडमा छात्र भन्दा छात्रा ७३ जना बढी रहेका छन् ।
जिल्लाभरका ८१ विद्यालय मध्ये ८० विद्यालयका विद्यार्थीहरुले परिक्षा दिएका छन्, जसमा कालिका इङ्लिस बोर्डिङ्ग केरुंगामा विद्यार्थी नभएकाले उक्त विद्यालय एसईईमा सहभागि छैन ।
जिल्लाभरमा सहायक केन्द्राध्यक्ष १९ जना, निरीक्षक १ सय ६२, सहयोगी कर्मचारी ८७ र एक विद्यालयमा १५ जनाका दरले २ सय ५५ सुरक्षाकर्मी खटाइएका छन् ।
Comments
Post a Comment