सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले उपभोक्ताहरुलाई सामान किन्दा सचेत भएर किन्न र गुणस्तरीय सामानहरुको प्रयोग तथा बिक्रीवितरण गर्न अाग्रह गर्नु भएको छ ।


बिश्व उपभोक्ता दिबसको अबसरमा सन्धिखर्क नगरपालिकाले अायोजना गरेको उपभोक्ता सचेतना सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख भुसालले अनुगमनको पाटोलाई तिब्र गतिमा अगाडि बढाउने बताउदै अर्गानिक खेती तथा अर्गानिक तरकारी उत्पादन गर्ने किसानहरुको पहिचान गरेर त्यस्ता किसानहरुलाई पुरस्कृत गर्ने बताउनु भएको हो ।


भुसालले बजार अनुगमनलाई तिब्रता दिन अाग्रह गर्दै दूध तरकारी मासु गुणस्तरीय छन कि छैनन् भन्ने कुरा पत्ता लगाउन अौजार तथा मेसिन खरिद गरि त्यसलाई प्रयोगमा ल्याउने बताउनु भयो  ।


कार्यक्रममा नगरउपप्रमुख ठाकुर कुमार बिकले गुणस्तरीय सामान प्रयोग गर्न पाउनु यहाँका उपभोक्ताहरुको अधिकार रहेको बताउदै खरिद गर्ने उपभोक्ताले पनि गुणस्तरीयतामा ध्यान दिएर खरिद गर्नु पर्नेमा जोड दिनु । उहाले नमुना नगर बनाउने परिकल्पना अनुसार अाफुहरु अगाडि बढेको बताउदै अनुगमनलाई तिब्रता दिने बताउदै उपभोक्ताहरुलाई सचेत भएर सामान खरिद गर्दा हेरेर बिल लिएर खरिद गर्न अाग्रह गर्नु भयो ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी शंकर प्रसाद भुसालले जिल्ला प्रशासनले अनुगमनलाई तिब्रता दिएको भएपनि जिल्लामा जाचबुझ गर्ने बिज्ञ नहुदा समस्या उत्पन्न हुने गरेको बताउनु भयो । 


कार्यक्रममा सन्धिखर्क वार्ड नम्बर ८ का अध्यक्ष ईश्वरीप्रसाद भुसाल १ का अध्यक्ष युवराज बन्जाडे दुग्ध सहकारी सस्थाका चन्द प्रसाद बन्जाडे जिल्ला कृर्षि बिकास कार्यलयका बागबानी अधिकृत नन्दलाल पान्डे, जिल्ला पशुसेबा कार्यलयका अधिकृत राधा पान्डे, नेपाल पत्रकार माहासघका अध्यक्ष हिम बहादुर जिसी लगायतले मन्तब्य राख्नु भएको थियो ।

नगर उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षता युवराज बन्जाडेको स्वागत मन्तब्य प्रभक्ता लिलाराम गौतमको सन्चालनमा सम्पन्न कार्यक्रममा होटल ब्यबसायी संघका  अध्यक्ष नोलराज भन्डारी बजार सुधार समितिका यमराज पान्डे पत्रकार सुर्य प्रसाद भुसाल अर्जुन भुसाल कार्यपालिकका सदस्यहरु, नगर पालिकाका ईन्जिनियर नारायण पोख्रेल लगायत उपभोक्ताहरुको सहभागिता रहेको थियो । 

Comments

Popular posts from this blog

ताराखसे, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोट ताराखसे स्थित श्री ताराखसे कालिका भगवति मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ

welcome mero nepal mero kala TGS

नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर