मालारानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा रहेका ६० सामुदायिक बिद्यालयहरुले आगामी शैक्षिक सत्र बाट अङ्ग्रेजी माध्यममा पठन पाठन शुरु गर्ने भएका हुन ।

मालारानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा रहेका ६० सामुदायिक बिद्यालयहरुले आगामी शैक्षिक सत्र बाट अङ्ग्रेजी माध्यममा पठन पाठन शुरु गर्ने भएका हुन । 


बालबिकाश र कक्षा १ बाट अग्रेजी माध्यममा पठ्न पाठन सुरु गर्न लागीएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । आज मालारानी गाउँपालिका वडा ९ का सामुदायिक बिद्यालयहरुको शैक्षिक अबस्था सम्स्या र समाधान बीषयक अन्तरक्रिया कार्यक्रम बोल्दै आचार्यले भने मालारानी गाउँपालिका भित्र ६० वटा बिधालयमा अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गर्ने बताए । 


अङ्ग्रेजी माध्यममा पठन पाठन नहुदा गाउँका बस्ती खाली हुँदै जाने र शिक्षा क्षेत्रमा धेरै लगानी लाग्ने हुदाँ यस कार्यक्रमको सुरुवात गर्न लागियको बताउनु भयो । मालारानी ९ भित्र रहेका आठ बिदयालयका प्र .अ हरुले बिदयालयमा दरबन्दी नहुदा शिक्षामा गुणस्तर कायम गर्न नसकियकोले पालिकाले दरबन्दि कायम गरेमा मात्र अङ्ग्रेजी माध्यममा पठन पाठन गर्न सकिने बताएका थिए ।


 अन्तरकृया कार्यक्रमले समस्या समधान गर्न सहयोग पुराउने बिश्वास लिएको सुर्य मा बि का बिदयालय ब्यबस्थापन समितिका अध्यक्ष पदम क्षेत्रीले बताए । बिदयालका पुर्ब प्र अ कमल प्रसाद घिमिरेले सबै जना मिलेर समस्या समाधान गर्नु पर्नेमा जोड दिदै दरबन्दी मिलान र आब्यसकता अनुरुप दरबन्दी सिर्जना गर्नु पर्ने बताए।

Comments

Popular posts from this blog

ताराखसे, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोट ताराखसे स्थित श्री ताराखसे कालिका भगवति मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ

welcome mero nepal mero kala TGS

नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर