दुर्गाफाँट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका कार्यालय दुर्गाफाँटमा समुदायमा सरकारी वकिल कार्यक्रम भब्य समारोहबीच अाज सम्पन्न भएको छ ।
सुर्य भुसाल
दुर्गाफाँट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका कार्यालय दुर्गाफाँटमा समुदायमा सरकारी वकिल कार्यक्रम भब्य समारोहबीच अाज सम्पन्न भएको छ ।
जिल्ला न्यायाधीश रामचन्द्र पौडेल को प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश पौडेलले कानुनका बारेमा जनताले स्पट बुझुन भन्ने मुल उदेश्य सहित यस्ता खालका कार्यक्रम गाउगाउमा सन्चालन गरिएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक ,सहजकर्ता जिल्ला सरकारी वकिल रोमाखर ज्ञवाली ले सहजिकरण गर्नु भएको थियोे ।कार्यक्रममा
पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतम कोष नियन्त्रक शालिकराम पौडेल , प्रहरी नायब उपरीक्षक एक नारायण कोइराला जिल्ला अदालत श्रेस्तेदार मोहन बेल्बासे, जिल्ला मालपोत प्रमुख लोक कुमार कार्की लगायतले मन्तब्य राख्दै गाउगाउमा यस्ता खालका कार्यक्रम गर्नाले सबै जनताले कानुन अदालत र सरकारि वकिल कार्यलयले गर्ने तथा पुराउने सेबा तथा कानुनि काम कार्बाहि बारेसुसुचित हुनेमा अाफुहरु बिश्वस्त रहेको बताउनु भयो ।
कार्यक्रममा अधिबक्ता के. बि . भुसाल, टिकाराम भुसाल जिल्ला अदालत सूचना अधिकारी टेकराज गैरे जिल्ला सरकारी कार्यालय सुनिता खनाल पत्रकार सहयोगी बिसि लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियोे
Comments
Post a Comment