सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा सोमबार बृहद युवाभेला सम्पन्न भएको छ ।
जिल्ला युवासमितिको कार्यालय अर्घाखाँची र सन्धिखर्क नगरपालिकाको आयोजनामा सम्पन्न भेलामा जिल्ला समन्वय समितिका अध्यक्ष पिताम्बर भुसाल, सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी किमराज भुसाल लगायतले आफ्नो बिचार ब्यक्त गरेका थिए ।
भेलामा सकारात्मक सोंचको बिकास, आत्मनिर्भरता, उच्चशिक्षाको संभावना र अबसरका बिषयमा युवाहरु लाई परामर्स प्रदान गरिएको थियो ।
किसोरा अबस्थाका बिद्यार्थीहरु लाई दुव्र्यसनी र कुलतमा फस्नबाट जोगाई सकारात्मक सोंचको बिकास गराउने उद्देश्यले आयोजित कार्यक्रममा सन्धिखर्क नगरपालिका भित्रका क्याम्पस तथा कक्षा ११ र कक्षा १२ मा अध्ययनरत बिद्यार्थीको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्रीले गरेका थिए ।
पछिल्ला बर्षहरुमा सदरमुकाम सन्धिखर्क लगायतका आसपासमा युवाहरु कुलतमा फस्दै गएको भनि व्यापक जनगुनासो आएपछि युवापरषिद्ले युवाहरुलाई प्रशिक्षित गर्नथालेको हो । जिल्ला युवापरीषद्का अध्यक्ष लिलबहादुर बि.क.ले युवाहरुमा सकारात्मक सोंचको बिकास गराई श्रृजन सिल,अध्ययनसिल,लगनसिल,इमान्दार र मेहनती बनाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ जिल्लामा बिभिन्न कार्यक्रमको आयोजना गरीएको बताए ।
Comments
Post a Comment