बुटवल (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जुकेना सम्पर्क समाज रुपन्देहीको रक्तदान दिवस अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ
जुकेना सम्पर्क समाज रुपन्देहीको रक्तदान दिवस अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
समाजले रक्तदान दिवस सदाका बर्षहरुमा जस्तै यस बर्ष पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देही सभापति प्रेमलाल उदास रहेका थिए । यस्तै समाजका अध्यक्ष नुमेन्द्र पौडेल, उपाध्यक्ष बिष्णु पौडेल, सचिव माधब न्यौपाने, कोषाध्यक्ष भिम पौडेल लगायतको उपस्थिती रहेको थियो ।
यस्तै कार्यक्रम रक्तदानमा १४० जनाको उपस्थित रहेको थियो । उक्त रक्तदान कार्यक्रममा ४९ युनिट बल्ड जम्मा भएको थियो ।
Comments
Post a Comment