सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ निबासी दिपक कुमार श्रेष्ठ अहिले जिल्लामा मात्र नभई देशमै चर्चित गाडी ब्यापारी बन्न सफल भएका छन् ।

सुर्य भुसाल 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ निबासी दिपक कुमार श्रेष्ठ अहिले जिल्लामा मात्र नभई देशमै चर्चित गाडी ब्यापारी बन्न सफल भएका छन् ।

अर्घाखाँचीमा जन्मिएका युवा व्यवसायी श्रेष्ठले पोखरामा अाफ्नो फर्म सन्चालन गरि देशभर भिभिन्न कम्पनीका गाडीहरु सप्लाई गर्ने एक कुसल र ईमानदार ब्यबसायीको रुपमा परिचित हुन सफल भएका हुन । ब्यबसाय सँगसँगै सामाजिक काम गर्ने श्रेष्ठ अर्घाखाँचीका धेरै संघ संस्थामा अाबद्द छन् । 

दुखि गरिब जनताको सेबा गर्न रुचाउने दिपक देशका अधिकांश जिल्ला भ्रमण गर्नुको साथै बिदेशको समेत भ्रमण गरेका छन् । यस्तै दिपक देउराली यातायात ब्यबसायी समितिमा समेत अाबद्द छन । ३५ बर्षको उमेरमा नै गाडीको कारोवारबाट उनले मनग्गै अाम्दानी गरि चर्चित युवा ब्यबसायी हुन  सफल सफल हुने उनि एकमात्र ब्यबसायी हुन । कुनै पनि कम्पनीको गाडी नयाँ किन्नु परे वा एक्चेन्ज गर्नु  परे उनलाई धेरैले बिश्वास गर्ने कारण उनको ब्यापारमा उल्लेखनिय वृद्धि भएको देखिन्छ ।


त्यस्तै सन्धिखर्कमा अर्का युवा खडानन्द भुसाल बामरुके पनि ब्यबसायमा चर्चित हुदै गएका मालारानी गाउँपालिका हंसपुरको बामरुकमा जन्मिएका उनि बिगत ५ बर्ष देखि सन्धिखर्कमा स्थापित अलराउन्डर ब्यापारी बन्न सफल भएका हुन । उनिसँगै सन्धिखर्कका राजकुमार खनाल र मदन भट्टराई पनि अहिले अलराउन्डर ब्यापारी बनेका छन । सानै उमेरमा सन्धिखर्कमा चर्चा कमाउन सफल भएका बामरुके अहिले धेरै सामाजिक संघ संस्थामा अाबद्द छन भने राजकुमार खनाल जयमाहाकाली नामक धार्मिक संस्थाको अध्यक्ष छन ।

उक्त संस्था मार्फत खनाल र भुसालले दुखि पिडित असायहरुलाई अाफ्नो लगानी गरि अार्थिक सहयोग गर्ने गरेका छन । अहिले संस्थाले जिल्लाब्यापी रुपमा काम गरिरहेको उनिहरु बताउछन । धार्मिक संस्थालाई अर्घाखाँचीमा मात्रै नभई देशका धेरै ठाउमा पुराउने लक्ष्य लिएको राजकुमार खनाल बताउछन् । 

Comments

Popular posts from this blog

ताराखसे, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोट ताराखसे स्थित श्री ताराखसे कालिका भगवति मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ

welcome mero nepal mero kala TGS

नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर