चैते दशैको अवसरमा जिल्ला अस्पताल अर्घाखाँचीका विरामीहरुलाई फलफुल, दुध वितरण (२०७४ चैत्र ११, आइतवार)
कृष्ण परियार
सन्धिखर्क, अर्घाखाँची (२०७४ चैत्र ११, आइतवार) । रामनवमी अर्थात चैते दशैको अवसरमा जिल्ला अस्पताल अर्घाखाँचीका विरामीहरुलाई आइतबार बिहान फलफुल तथा दुध वितरण गरिएको छ ।
संन्धिखर्क बजारमा होटल गर्दै आउनु भएका कुसल व्यवसाय पुनाराम र उनका छोरा निमान्दा आचार्यले आज एक कार्यक्रमका बिच जिल्ला अस्पताल अर्घाखाँचीमा भर्ना भएर उपचार गराईरहेका २१ जना विरामी हरुलाई फलफुल तथा दुध वितराण गरेका छ्न ।
जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख जगन्नाथ तिवारी,पत्रकार व्यवसायी लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो । फलफुल वितरण गरेकोमा विरामीहरुले धन्यवाद संगै खुसी व्यक्त गरेका थिए । आचार्यले विगत केहिबर्ष अघिदेखि सन्धिखर्कमा शुभ लक्ष्मी होटलको नाम बाट होटल व्यवसाय संचालन गर्दै आएका छन् ।
Comments
Post a Comment